क्रियाशील सदस्यको सूची माग्दै सानेपामा शीर्ष नेताहरुले दिए धर्ना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी रिले अनसनमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय सदस्यहरूले ऐक्यवद्धता जनाएर फर्केका छन्।
जसमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु र दीपक गिरी रिले अनसनस्थल पार्टी कार्यालयमा पुगेर फर्केका हुन्।
१४ औं महाधिवेशनको प्रक्रिया सुरू हुन लागेका बेला वरिष्ठ नेता पौडेलनिकट जिल्ला सभापतिहरूले धर्ना र रिले अनसन सुरू गरेका हुन्।
उनीहरूले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्, विधिअनुसार मात्रै क्रियाशील सदस्यता दिइयोस् र सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।
बुधबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक गरेर जिल्ला सभापतिहरूका मागमा समर्थन जनाएका पौडेलसहित उनी पक्षका शीर्ष नेताहरू दिउँसो सानेपामा पुगेका थिए।
















अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि : उपेन्द्र यादव
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया