अमेरिकी राष्ट्रपतिले भने : अफगानिस्तानमा हाम्रा लागि हरेक पल खतरा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्नो सेना चाँडो फिर्ता गर्नु पर्ने बताएका छन् । आगामी अगष्ट ३१ गतेभित्र अफगानिस्तानबाट सेनाहरू फिर्ता गर्ने बताएका हुन् ।
राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट चाँडो सेना फिर्ता नगरे तालिवानले हमला गर्न सक्ने बताएका छन् । ‘जति चाँडो हामीले हाम्रो सेना फिर्ता गर्न सक्छौँ, त्यति नै राम्रो हुन्छ,’ उनले भने, ‘अफगानिस्तानमा हाम्रा लागि हरेक पल खतरा रहेको छ ।’
राष्ट्रपति बाइडेनले तालिवानले दिएको अन्तिम समय अगष्ट ३१ गतेभित्र रेस्क्यू अपरेशन गर्नका लागि तीव्र रूपमा काम गर्नु पर्ने बताए । अफगानिस्तानमा संकट बढ्दै गएसँगै युरोपीय देशहरूले नेता बाइडेनमाथि दबाब दिँदै आएको छ ।
यसैबीच तालिवानका प्रवक्ता जविउल्लाह मुजाहिदले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अफगानिस्तानबाट कोही नागरिकले देश छाड्नु नपर्ने बताएका छन् । एजेन्सी










Nepal enters semifinals of Blind Women’s Cricket Tournament
जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
सरकारलाई मानवअधिकार आयोगको आग्रह- हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुनू
Ensure justice to Gen Z: Home Minister Aryal
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया