एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पाए मान्यता
मेरोन्यूज
२०७८ भदौ ९ गते २१:३४

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले प्रमाण पत्र पाएका छन् । बुधबार उनीहरको सनाखत भएपछि निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिएको हो ।
आयोगले दुबै दललाई मान्यता दिएसँगै अब नेपालमा दुई राजनीति दल थपिएका छन् । नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट फुटेर लोकतान्त्रिक समाजवादी पार्टी आयोगमा दर्ता भएका हुन् ।
दुबै दलको आज दिउँसो सनाखतको काम सकिएको थियो । आयोगले दलका प्रतिनिधिलाई दल दर्ता मान्यताको प्रमाणपत्र दिएको छ । सरकारले राजनीति दल विभाजन सम्बन्धिको अध्यादेश ल्याएपछि एमालेका माधव नेपाल र जसपाका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।


सम्बन्धित















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया