प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन हुँदै
मेरोन्यूज
२०७८ भदौ १० गते ११:१६

काठमाडौँ । प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन हुने भएको छ । नेकपा एमाले नेतृत्वमा रहेको मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने भएसँगै मुख्यमन्त्री परिवर्तन हुने भएको हो ।
वर्तमान मुख्यमन्त्री राईकै प्रस्तावमा भीम आचार्य मुख्यमन्त्री बन्ने भएका हुन् । उनले आजै सपथ लिने तयारी भएको छ ।
आचार्यलाई एमाले प्रदेश १ मा दलको नेता चयन गर्न एमाले प्रदेश संसदीय दलको बैठक बस्ने भएकाे एक नेताले जानकारी दिए ।
यसअघि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर अष्टलक्ष्मी शाक्यलाई प्रदेशको दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको थियो ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया