प्रदेश १ मा आचार्य एमाले दलको नेता चयन
मेरोन्यूज
२०७८ भदौ १० गते १२:०३

काठमाडौँ । नेकपा एमाले प्रदेश १ मा संसदीय दलको नेता भीम आचार्य बनेका छन् । मुख्मन्त्री शेरधन राईको प्रस्तावमा उनी दलको नेतामा चयन भएका हुन् ।
संसदीय दलको नेतामा चयन भएसँगै उनी नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । आचार्यलाई मुख्यमन्त्री बनाउँदा माधव नेपाल पक्षका कतिपय नेताहरू नेकपा एमालेमा नै बस्ने भएकाले उनलाई मुख्यमन्त्री बनाउन राईले पदबाट राजीनामा दिएका हुन् ।
राईले संसदीय दल र मुख्यमन्त्री पदबाट राजीनामा दिने भएसँगै आचार्य मुख्यमन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्री राईले आगामी दिनमा आफ्नो पूरै ध्यान पार्टी निर्माणमा केन्द्रीत हुने बताउँदै आएका छन् । २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये उनले २६ मत ल्याएर संसदीय दलका नेता निर्वाचित बनेका थिए ।
सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया