वाइसिएलको अध्यक्षमा सेर्पाली र देवकोटाको दाबी
मेरोन्यूज
२०७८ भदौ १० गते १२:३५

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेला यही १२ र १३ गते भर्चुअल माध्यमबाट सम्पन्न हुने भएको छ । ६४७ प्रतिनिधिको सहभागितामा भेला सम्पन्न गर्न लागेको हो ।
वाइसिएल अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएका छन् । महासचिव सुवोधराज सेर्पाली र उपध्यक्ष सुमन देवकोटाले अध्यक्षमा दाबी पेश गरेका हुन् । यस्तै, उपाध्यक्षहरु यशोदा न्यौपाने र सुरज सिंहले समेत अध्यक्षमा दाबी गरेका छन् ।
अध्यक्षमा दाबी पेश गरेका सेर्पाली पूर्व रूकुमका हुन् भने देवकोटा चितवनका हुन् । वाइसिएलमा उमेर हदका कारण यस भेलाबाट धेरै नेताहरूको विदाई हुने भएका छन् ।
१४ वर्षको उमेरदेखि माओवादी जनयुद्धमा हिँडेका सेर्पालीले आफू अध्यक्ष बन्ने विश्वास गरे । यस्तै, उनका दाबेदार देवकोटाले आफूलाई अध्यक्ष बनाउनु पर्ने भन्दै लबिङ गर्दै आएका छन् ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया