वाइसिएलको अध्यक्षमा सेर्पाली र देवकोटाको दाबी
मेरोन्यूज
२०७८ भदौ १० गते १२:३५

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपालको राष्ट्रिय भेला यही १२ र १३ गते भर्चुअल माध्यमबाट सम्पन्न हुने भएको छ । ६४७ प्रतिनिधिको सहभागितामा भेला सम्पन्न गर्न लागेको हो ।
वाइसिएल अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएका छन् । महासचिव सुवोधराज सेर्पाली र उपध्यक्ष सुमन देवकोटाले अध्यक्षमा दाबी पेश गरेका हुन् । यस्तै, उपाध्यक्षहरु यशोदा न्यौपाने र सुरज सिंहले समेत अध्यक्षमा दाबी गरेका छन् ।
अध्यक्षमा दाबी पेश गरेका सेर्पाली पूर्व रूकुमका हुन् भने देवकोटा चितवनका हुन् । वाइसिएलमा उमेर हदका कारण यस भेलाबाट धेरै नेताहरूको विदाई हुने भएका छन् ।
१४ वर्षको उमेरदेखि माओवादी जनयुद्धमा हिँडेका सेर्पालीले आफू अध्यक्ष बन्ने विश्वास गरे । यस्तै, उनका दाबेदार देवकोटाले आफूलाई अध्यक्ष बनाउनु पर्ने भन्दै लबिङ गर्दै आएका छन् ।
सम्बन्धित
















आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया