माधव नेपालको साथ छाडेर प्रदेश १ का मुख्यमन्त्री बने आचार्य
मेरोन्यूज
२०७८ भदौ १० गते १२:५२

काठमाडौँ । प्रदेश १ मा नयाँ मुख्यमन्त्री नियुक्त भएको छ । बिहीबार निर्वतमान मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएसँगै भीम आचार्य नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
राईको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै आर्चायले पद तथा गोपनीयतको सपथ लिइसकेका छन् ।
आजै निवर्तमान मुख्यमन्त्री राईले आचार्य सर्वसम्मत रूपमा दलको नेता चयन गरेका थिए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पक्षमा रहेका आचार्य मुख्यमन्त्री भन्ने भएसँगै नेकपा एमालेमा नै बसेका हुन् ।
मुख्यमन्त्री आर्चाय एमालेमा रहँदा ठूला मात्रामा नेता कार्यकर्ता एमालेमा नै बस्ने भएपछि उनलाई मुख्यमन्त्री बनाउन निर्वतमान मुख्यमन्त्री राई तयार भएका हुन् ।
सम्बन्धित
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया