एमालेमा २०७७ सालदेखि विद्रोह गरे, निर्णायक समयमा नेताहरुले धोका दिए : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्दा आफू पक्षका नेताहरुले धोका दिएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले २०७७ सालदेखि पार्टीमा विद्रोह गर्दै आएपनि निर्णायक समयमा आफू पक्षका नेताहरुले साथ छाडेको बताए ।
सरकारले दल विभाजन सम्बन्धिको अध्यादेश ल्याएपछि नयाँ दल दर्ता गर्दा ९औं महाधिवेशनबाट अध्यक्ष नेपाललाई साथ दिदै आएका अधिकांश नेताहरुले धोका दिएर एमालेमा लागेका थिए । उनले केपी ओलीले आफ्नो प्रशंशा गर्नेलाई मात्र च्यापेका बताए ।
उनले भने, ‘केपी ओलीले प्रशंशा गर्नेलाई मात्रै च्याप्नु भयो । पार्टी सिथिल भयो । सिथिल मात्रै होइन मृत प्राय भयो । हामीले विद्रोहको विगुल फुक्ने काम गर्यौ । लामो यात्रामा जाँदा कोही बिचैमा थाक्दा रहेछन् । थाक्ने, आँट घट्ने घटिरहन्छन् । अगाडि बढ्नेहरु लक्ष्य हाँसिल गर्न खोज्ने, देशलाई अघि बढाउन खोज्नेहरु अघि बढिरहन्छन् । हामीले २०७७ चैतमा विद्रोहको विगुल फुकेका थियौँ । देशभरका कार्यकर्ताको भावनाको कदर गर्नतर्फ लाग्यौँ ।’
अध्यक्ष नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरे ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया