शनिबार, वैशाख २७, २०८२

निधिले महाधिवेशनका लागि थाले औपचारिक तयारी, शुक्रबार सम्पर्क कार्यालयको शुभारम्भ गर्ने

मेरोन्यूज २०७८ भदौ १० गते १६:०७

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि विमलेन्द्र निधिले औपचारिक अभ्यास सुरु गरेका छन् ।

निधिले शुक्रबार मध्यान्हमा पत्रकार सम्मेलन गरेर सचिवालयसहित सम्पर्क कार्यालय सुरु गर्न लागेका हुन् । निधिले शेरबहादुर देउवाको निवासमै पुगेर आफूलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।

निधिले “देउवाले सहयोग नगरेपनि आफू एक्लै अघि बढ्ने बताएका थिए । तर, देउवाले निधिलाई ‘सभापति लड्ने तपाईंको अधिकार हो लड्नुस् तर, म पनि सभापति लड्छु ।”

निधिका अनुसार १३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवाले एकपटकका लागि सभापति बन्ने भनेर उम्मेदवारीमा सहयोग गरेको बताएका थिए ।

प्रतिक्रिया