मुख्यमन्त्री भएकै दिन आचार्यलाई शोक
काठमाडौं । मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ । इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षिय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिदा भीम आचार्य बिराटनगरमा मुख्य मन्त्री बन्ने तरखरमा थिए ।
मुख्य मन्त्रीमा चयन हुँदै गर्दा आचार्यले भातृ शोकमा परेका थिए । उनले शोकमै शपथ लिएका छन् । मुख्य मन्त्री आचार्य भाईको मृत्युको खबर पश्चात हतार हतारमा शपथ ग्रहण सकाएर अन्तिम संस्कारमा सहभागि हुन इनरुवा गुगेका थिए ।
मुख्य मन्त्री आचार्यले इनरुवा अस्पताल पुगेर कान्छो भाईलाई श्रद्धाञ्जली दिए । मृतक रामप्रसाद भीम आचार्यका कान्छो भाई हुन् । मृतकका श्रीमती र दुई छोराछोरी छन् । मृतक आचार्यको आजै सुनसरी खोलामा दाह संस्कार गरिएको छ । सो क्रममा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिती रहेको थियो । आचार्यको मृत्यु विष सेवनबाट भएको बताइएको छ ।










प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
प्रतिक्रिया