जनप्रतिनिधि जनता र संविधानप्रति उत्तरदायी हुनुपर्ने : नागरिक समाज
काठमाडौं । नागरिक समाजका अगुवाहरुले राजनीतिक दलको अस्वभाविक गतिविधि र अस्थिरताका कारण लोकतन्त्र धरापमा परेको विश्लेषण गरेका छन् ।
मानव अधिकार एलायन्सले काठमाडौंमा आज आयोजना गरेको ‘सिटिजन कनक्लेभ अन डेमोक्रेसी’ विषयक अन्तरक्र्रियामा उनीहरुले राजनीतिक दलका नेताले लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष गरे पनि त्यसलाई संस्थागत गर्न नसकेको टिप्पणी गरेका हुन् । संविधानविद् डा भिमार्जुन आचार्यले राजनीतिक दलका नेताले आफैँले बनाएको ऐन/कानून, संविधान, नीति नियम विपरित आ–आफ्नो ढङ्गले गतिविधि गरेका कारण पनि लोकतन्त्र धरापमा परेको बताए । लोकतन्त्र बलियो बनाउनका लागि जनप्रतिनिधि जनता र संविधानप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ छ ।
सांसद डा विमला राई पौडेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालाई ऐन/कानून, संविधानअनुसार नियम सम्मत ढङ्गबाट सञ्चालन गर्नुपर्ने धारणा राखिन् । नागरिक समाजका अगुवा कनकमणि दिक्षितले नागरिक समाज मौन बसेका कारण पनि राजनीतिक दलका नेताहरुले आफूखुसी मुलुक सञ्चालन गरी मुलुकमा अस्थिरता निम्त्याएको बताए। वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले राजनीतिक दलको लोकतन्त्र विरोधी गतिविधि रोक्नका लागि पनि नागरिक समाजबीचको एकताको आवश्यकता औँल्याए ।
















सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
प्रतिक्रिया