दक्षिणपन्थी र मध्यपन्थीलाई परास्त गर्दै विद्रोह सफल भयो : एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली कम्युनिष्ट आन्दोलनको उतारचढावपूर्ण इतिहासमा फेरि एउटा विद्रोह भएको बताएको छ । बिहीबार साँझ विज्ञप्ती जारी गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी, मध्यपन्थी अवसरवादीहरूबाट गरिएका जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयासलाई परास्त गर्दै विद्रोह सफल भएको बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि राखेको लक्ष्य–उद्देश्य एकीकृत समाजवादी पार्टीले पनि तिनै लक्ष्य–उद्देश्य राख्ने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘हामी हाम्रा अग्रजहरूले प्रस्तुत गर्नुभएका क्रान्तिकारी दृष्टिकोण, सहिदहरूको वलिदान र हजारौँ योद्धाहरूको त्याग, तपस्या र कठोर परिश्रमबाट निर्मित गौरवमय इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अबसरवादको भासमा डुब्न र विसर्जन हुनबाट जोगाउन चाहन्छौँ । हामी नेकपाले आफ्नो स्थापना कालदेखि नै राष्ट्र र जनताकासामु राखेका लक्ष्य–उद्देश्यहरू प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौँ । त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्न चाहन्छौँ । नेपाली जनताको लामो सङ्घर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा र विकासका निम्ति पनि हामी दृढताका साथ अगाडि बढ्न चाहन्छौँ । यही दायित्बोधका साथ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन र रूपान्तरण गर्न चाहन्छौँ । यस महान कार्यमा सबैबाट हार्दिक सहयोगको अपेक्षा पनि गर्दछौँ ।’
नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता कमरेड मदन भण्डारीले स्थापित गरेको विचार, दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्ने भन्दै एकीकृत समाजवादीले त्यसका निम्ति नेकपालाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउने बताएको छ । एकीकृत समाजवादीले प्रतिनिधी सभालाई पूर्ण कार्यकाल टिकाउन चाहेको बताएको छ ।










माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया