बाढीका कारण टाँपुमा फसेका कैलालीका २ जनाको उद्दार

काठमाडौं । बाढीका कारण टाँपुमा गएर फसेका २ जनाको शकुसल उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले कैलाली जिल्लाको गौरीगंगा नगरपालिकास्थित कचैनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षीय आरती सापकोटाको उद्धार गरेको हो ।
भदौ १० गते घाँस काट्न जान्छु भनि घरबाट हिडेका उनिहरु साँझ सम्म पनि घरमा नआए पछि आफन्तले खोजी गेर्ने क्रममा शिबगंगा नदीको बिच टापुमा फेलापारेपछि । उनिहरुले प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमाला कैलालीबाट खटिगएको प्रहरी टोलीले शिबगंगा नदी र झिलखोलाको बिच भागमा बाढी का कारण खोला तर्न नसकि खोला मै फसेको अवस्थामा उनिहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार उद्दार कार्यका लागि उद्दार सामाग्री सहित ईलाका प्रहरी कार्यालय मालाखेती कैलाली, सशस्त्र प्रहरी न.४३ रिर्जब गण बनबेहडा र नेपाली सेना समेतको थप संयुक्त टोलि खटि गई पेडल बोटद्वारा शुक्रबार उनिहरुको उद्धार सफल भएको हो ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
५२ क्षेत्रमा मतगणना जारी रहँदा ४० क्षेत्रमा रास्वपाकाे अग्रता
चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता
नेपाली कांग्रेसले पाँच स्थानमा लियो अग्रता
रुकुमपूर्वमा प्रचण्डकाे अग्रसरता
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया