महन्थ-महतोको सांसद पद हामीले जोगाईदिएकै हो : अध्यक्ष यादव

काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ-महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन ।
जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली-ठाकुर समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकोले उनीहरु सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे ।
यादवले भने, ‘पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र ठाकुर(महतो बेदानन्द झा बन्न खोजेको तर परिवर्तन विरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं ।’
संघीय गणतन्त्र र समावेशीकरणसहित आन्दोलनका उपलब्धिहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिको रुपमा उदय हुने विश्वास व्यक्त गरे ।
महन्थ-महतोको सांसद पद आफूहरुले जोगाईदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘हामीले चाहेको भए केन्द्रदेखि प्रदेशसम्म कारबाही गरेर उनीहरुको सांसद पद खोस्न सक्थ्यौं । तर हामीले केही गरेनौ ।’
अध्यक्ष यादवले जसपालाई समाजवादको केन्द्र बताएका छन । ‘समाजवादी भनेर कसैले नाम, नीति वा एजेन्डा बोकेपनि नेपालमा समाजवादको केन्द्र जसपा नै हो’ उनले भने ।
जसपा अध्यक्ष यादवले प्रदेश २ मुख्यमंत्री र मन्त्रीहरुलाई जनहितको कामलाई प्राथमिकता दिन कड़ा निर्देशन दिएका छन । उनले भने, ‘तपाईहरु जनताको काममा समर्पित भएर अन्य प्रदेश भन्दा फरक तर उदाहरणीय बनेर देखाउनुस ।’
सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा जसपा पार्टी अध्यक्ष यादवसहित वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको उपस्थिति थियो ।
पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण (सुज) अभियान आज जनकपुरमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेतृत्वको सहभागिता रहेको थियो ।
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया