बलात्कार आरोपमा दुई पक्राउ

कर्णाली । मष्टो मेला हेर्न गएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिए ।
पीडित युवतीले दुवैले आफूमाथि सामूहिक बलात्कार गरेको र बलात्कार गर्नु अघि आफ्नो हातबाट मोबाइल खोसेको उजूरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापामगरले बताए । उनले भने, “ उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएका छौँ ।”
त्यसैगरी शारीरिक रूपमा अशक्त ४५ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तिला गाउँपालिका–८ जुम्लाका २८ वर्षीय जीवन रावतलाई पनि प्रहरीले पक्राउ गरिएको छ । अशक्त महिलालाई रावतले डर त्रास देखाएर बलात्कार गरेको खुल्न आएकाले उनलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
प्रतिक्रिया