राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन् । विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उनले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहनासमेत गरेका थिए ।
मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचित रूपले प्रयोग गर्न गृहमन्त्री खाँणले अग्रह गरे ।
अविरल वर्षापछि बाढी, पहिरो र डुबानले देशभर सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाँणले छलफल गर्नाका साथै प्रजिअहरू नवलपरासी पूर्वका माया भट्टराई पंगेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आश्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
प्रतिक्रिया