कांग्रेसको वडा स्तरीय अधिवेशन मिति सर्यो
मेरोन्यूज
२०७८ भदौ १२ गते १३:३७
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको अधिवेशन कार्य तालिकामा हेरफेर गर्ने भएको छ । क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिको आन्दोलन र निर्वाचन समितिको तयारीलाई मध्यनजर गर्दै भदौ १८ गतेदेखि सुरु हुने भनिएको वडा अधिवेशन केही पछि धकेलिएको हो । यससँगै अब कांग्रेसको वडास्तरीय अधिवेशन भदौ २२ गते हुने भएको हो ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच जिल्ला सभापतिको माग सम्बोधन गर्नेलगायत विषयमा छलफल भएको थियो । यस क्रममा वडा स्तरीय अधिवेशन केही दिन सार्नेमा छलफल भएको थियो ।
भदौ २२ गते वडा अधिवेशन सुुरु भए पनि अधिवेशनको बाँकी मिति यथावत हुने भएको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सबै वडामा एकै दिन अधिवेशन गर्ने सहमतिसमेत भएको छ ।
सम्बन्धित
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया