कांग्रेसको वडा स्तरीय अधिवेशन मिति सर्यो
मेरोन्यूज
२०७८ भदौ १२ गते १३:३७
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको अधिवेशन कार्य तालिकामा हेरफेर गर्ने भएको छ । क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिको आन्दोलन र निर्वाचन समितिको तयारीलाई मध्यनजर गर्दै भदौ १८ गतेदेखि सुरु हुने भनिएको वडा अधिवेशन केही पछि धकेलिएको हो । यससँगै अब कांग्रेसको वडास्तरीय अधिवेशन भदौ २२ गते हुने भएको हो ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच जिल्ला सभापतिको माग सम्बोधन गर्नेलगायत विषयमा छलफल भएको थियो । यस क्रममा वडा स्तरीय अधिवेशन केही दिन सार्नेमा छलफल भएको थियो ।
भदौ २२ गते वडा अधिवेशन सुुरु भए पनि अधिवेशनको बाँकी मिति यथावत हुने भएको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सबै वडामा एकै दिन अधिवेशन गर्ने सहमतिसमेत भएको छ ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया