झण्डै ९ करोड मूल्य बराबरको कोकिनसहित ३ विदेशी नागरिक पक्राउ
मेरोन्यूज
२०७८ भदौ १३ गते १६:४०

काठमाडौँ । प्रहरीले झण्डै ३ किलो कोकिनसहित ३ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २ किलो ९६६ ग्राम कोकिन बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आज पत्रकार सम्मेलन गरी तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो । उनीहरूको साथबाट उक्त कोकिन बरामद गरेको समेत प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँबाट पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् । उनीहरूको साथबाट फेला परेको कोकिनको नेपाली बजार मूल्य झण्डै ९ करोड नेपाली रुपैयाँ बराबर रहेको ब्यूरोले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
एमाले केन्द्रीय कमिटी बैठक सुरु
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, आज ताेलामा कति ?
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया