प्रेमगन्जको एउटै गीतमा ३० लाख खर्च

काठमाडौं । २५ बर्ष देखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयालको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र “प्रेमगन्ज“ को एउटै गीतमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो ।
अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गीतमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो । फरेनहाईट क्लबमा तीन दिन छायांकन भएको यो गीतमा नायिका बेनिसा हमाल, सन्जोग रसाइली संगै अन्य एकहजार जना झुमेका थिए । गीतको कोरियोग्राफी वाईल्डरिपर्ज ले गरेको हो । दीक्षा थापाको स्वरमा रहेको यो क्लब गीतलाई उ “जितेर गई या हारेर गई“ फेम्ड लेखक पुरस्वत्तम ढुङ्गेलले लेखेका हुन भने किरण भुसालले संगीत भरेका छन ।
पहिलो लकडाउन पछि सुरु भएको चलचित्रको छायांकन दोश्रो लकडाउन सङै रोकिएको थियो । अहिले कडाउन केही लुज भए संगै चलचित्रको छायांकन धमाधम भइरहेको छ । चलचित्रको सम्पुर्ण टिमलाई कोरोना खोपको सुबिधा सहित होटेलमा राखिएको छ । चलचित्र सुरक्षित होस भनेर सम्पुर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो ।
परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको चलचित्र लाई सन्जय लामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामा अनन्तमान श्रेष्ठ छ्न । “प्रेमगन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको छ ।
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया