मन्त्रिपरिषद विस्तार नरोक्ने नेताहरूको सहमति
मेरोन्यूज
२०७८ भदौ १४ गते १२:०२

काठमाडौँ । सत्ता साझेदारी पाँच दलका नेताहरूले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन दलको बैठकमा नेताहरूले मन्त्रिपरिषद् विस्तार रोक्न नहुने बताएका हुन् ।
यद्यपि, मन्त्रालय भागबण्डाबारे छलफल नभएको बालुवाटार स्रोतले जनाएको छ । मन्त्रालय भागबण्डाबारे पुनः गठबन्धन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया