माधव नेपालको पार्टी नरोज्न जनप्रतिनिधिलाई एमालेको निर्देशन (सर्कुलरसहित)

काठमाडौँ । नेकपा एमालेले पार्टीका स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधिलाई एमाले नत्याग्न र माधव नेपालको पार्टी नरोज्न निर्देशन गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै दल विभाजनको पक्षमा नउभिन निर्देशन गरेका हुन् ।
मेरोन्यूजले प्राप्त गरेको ओलीको अन्तर पार्टी निर्देशिका (अपानी) भदौं ९ मा जारी गरिएको हो । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि माधव नेपालले एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । निर्वाचन आयोगबाट नेपालको पार्टीले दलको मान्यता प्राप्त गरिसकेको छ ।
आयोगले अध्यादेशकै जगमा टेकर स्थानीय तह र प्रदेश तहका निर्वाचित जनप्रतिनिधिलाई भदौं २२ भित्र दल रोजिसक्न सूचना जारी गरेको छ । आफै उपस्थित भएर सनाखतका लागि आउन आयोगले सूचना जारी गरिसकेको सन्दर्भमा ओलीले त्यसरी एमाले छोडेर माधव नेपालको पार्टी नरोज्न आग्रहसहित निर्देशन जारी गरेका हुन् ।
स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गराउन जारी गरिएको अन्तर पार्टी निर्देशनमा विभाजन नरोज्न निर्देशन गरिएको हो ।
‘पार्टी विभाजनको दुराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्नसक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।’ ओलीको निर्देशनमा भनिएको छ ।
हेर्नुहोस ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया