मंगलबार, वैशाख ९, २०८२

सवारी चालकको अनुमतिपत्र परिक्षा अर्को हप्ताबाट खुल्दै

मेरोन्यूज २०७८ भदौ १४ गते १७:५१

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि परिक्षा (ट्रायल) खुल्ने भएको छ । अर्को हप्ता अर्थात् भदौ २० गतेबाट सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।

लिखित परीक्षा लिएर ट्रायल दिन बाँकी सेवाग्राहीका लागि अनुमति परिक्षा सञ्चालन गर्न लागेको विभागले सूचना प्रकाशित गरी जनाएको हो ।

गत भदौ १० मा कोभिड–१९ संक्रकणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्रसम्बन्धी मापदण्ड जारी गरेपछि परिक्ष खुलाउन लागेको हो ।

विभागको सूचनानुसार तत्काल लिखित दिएर बसेका वा परिक्षा फेल भएर पुनः परिक्षाका लागि बसेकाहरुलाई सहज पार्न सुरु गर्न लागेको हो ।

नयाँ मापदण्डअनुसार परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि परीक्षार्थी स्वयमले अनिवार्य रुपमा मास्क, स्यानिटाईजर र आफ्नो पिउने पानीको व्यवस्था गर्नुपर्नेछ । परीक्षा सुरु हुनु १५ मिनट अगाडि मात्र परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।

परीक्षार्थीहरुले परीक्षा केन्द्रमा प्रवेश गर्दा, निस्किदा शौचालय प्रयोग गर्दा भिडभाड नगरी भौतिक (सामाजिक) दूरी कायम गर्नुपर्ने छ । परीक्षामा खटिएका कर्मचारीले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्ने उल्लेख छ । परीक्षार्थी परीक्षा केन्द्रमा समूह बनाई भेला नहुने सूचनामा जनाईएको छ ।

परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा संचालन हुनुभन्दा १ दिन अगाडि उपलब्ध गराइने विभागले जनाएको छ ।

यसरी परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढिमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराईनेछ छ ।

प्रतिक्रिया