श्रीलंकन एयरको काठमाडौँ सिधा उडान

काठमाडौँ । श्रीलंकन एयरलाइन्सले भोलि मङ्गलबारदेखि काठमाडौँ–श्रीलंका सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार श्रीलंकन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन ।
नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलंका जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लन्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।
















यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया