लिमीमा फोर–जी टावर निर्माण हुँदै

सिमकोट । हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएकोछ ।
टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन् ।
लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।
अध्यक्ष लामाले भने, “जनता सञ्चारमा जोडिने आशामा धेरै समयसम्म रहेका थिए । अब पूरा हुने भएको छ ।” उनका अनुसार गाडको सुविधा नभएको र मानिसले बोक्न नसक्ने भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको हो ।
टावर निर्माणका लागि सोलार सीस्टमका उपकरण हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया