सत्तारूढ दलका नेताहरूको बैठक जारी, मन्त्रालय भागबण्डा टुंग्याउने
मेरोन्यूज
२०७८ भदौ १५ गते ११:४५

काठमाडौँ । मन्त्री मण्डल विस्तार गर्नेबारे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन पक्षको बैठक सुरु भएको छ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू मन्त्री मण्डल विस्तार गर्न छलफलका लागि बैठकमा बसेका हुन् ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।
५ दलको गठबन्धनमा बसेको सरकारमा प्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । सरकार बनेको दुई महिना पुग्नै लाग्दासमेत मन्त्री मण्डल विस्तार हुन नसक्दा केही दिनदेखि सत्ता गठबन्धन दलका नेताहरू बैठकमा जुटेका हुन् ।
आजको बैठकले सत्तारुढ दलभित्र मन्त्रालयको भागबण्डा टुंग्याउने गरी छलफल सुरु भएको जनाइएको छ ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
प्रतिक्रिया