सत्तारूढ दलका नेताहरूको बैठक जारी, मन्त्रालय भागबण्डा टुंग्याउने
मेरोन्यूज
२०७८ भदौ १५ गते ११:४५

काठमाडौँ । मन्त्री मण्डल विस्तार गर्नेबारे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन पक्षको बैठक सुरु भएको छ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू मन्त्री मण्डल विस्तार गर्न छलफलका लागि बैठकमा बसेका हुन् ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।
५ दलको गठबन्धनमा बसेको सरकारमा प्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । सरकार बनेको दुई महिना पुग्नै लाग्दासमेत मन्त्री मण्डल विस्तार हुन नसक्दा केही दिनदेखि सत्ता गठबन्धन दलका नेताहरू बैठकमा जुटेका हुन् ।
आजको बैठकले सत्तारुढ दलभित्र मन्त्रालयको भागबण्डा टुंग्याउने गरी छलफल सुरु भएको जनाइएको छ ।
सम्बन्धित









निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया