मुख्यमन्त्री बनेको दुई हप्तामै अष्टलक्ष्मी शाक्य धरापमा

काठमाडौँ । बागमती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित १२ सांसदले नेकपा एकीकृत समाजवादी (एस)मा जाने भएसँगै अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ । गत २ गते मुख्यमन्त्री बनेकी शाक्यको पद दुई हप्ता नहुँदै धरापमा परेको हो ।
कूल १०९ सदस्यीय भएको बागमती प्रदेशसभामा एमालेका तर्फबाट सभामुखसहित ५६ जना सांसद रहेका थिए । १२ जना सांसदले एमाले छाड्ने भएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने भएको छ ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिँदै शाक्यलाई प्रदेश संसदीय दलको नेता बनाएका थिए । लगत्तै प्रदेश प्रमुख विष्णु प्रसाईले उनलाई एमालेको एकल बहुमतमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।
सरकारले दल विभाजनसम्बन्धि अध्यादेश जारी गरेसँगै विभाजन भएको एमालेका १२ सांसदले नेकपा एस रोजेका थिए । योसँगै एमाले सांसदको संख्या ४४ मात्रै भएको छ ।
प्रदेशमा सरकार गठन गर्न ५५ सांसद आवश्यक हुनु पर्दछ ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया