महाकाली तुइन घटनामा एसएसबीको संलग्नता : छानबिन समिति

काठमाडौँ । दार्चुलाको महाकाली नदीमा भएको घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नता रहेको ठहर गरिएको छ । दर्चुलाको व्याँस गाउँपालिका २ का जयसिंह धामी महाकालीमा तुइन तरेर भारतबाट सदरमुककाम खलंगा आउने क्रममा तुइनबाट खसेर महाकाली नदीमा बेपता भएका थिए ।
उक्त घटनाको छानबिन गर्न गठित समितिले घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर गरेको छ । मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाउदै समितिलले धामी तुइन तर्ने क्रममा भारतीय एसएसबी तुइन काटेको बताएको छ ।
समितिले एसएसबीको संगलनता सम्बन्धमा छानबिन गरी दोषिलाई कारबाही गर्न र धामीका परिवारलाई क्षतिपूर्ति दिन प्रतिवेदनमा उल्लेख गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मनत्रालयले विज्ञप्ती जारी गरेर प्रतिवेदनमा परिवारलाई सरकारका तर्फबाट शिक्षादीक्षाको व्यवस्थापन गर्न उल्लेख गरेको जनाएको छ ।
दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय धामी १५ साउनमा बेपत्ता भएका थिए । उक्त घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति बनाइएको थियो ।

















सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया