शनिबार, वैशाख २७, २०८२

नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल हुँदै, दर्शक जान पाउने

मेरोन्यूज २०७८ भदौ १६ गते १४:३५

काठमाडौँ । नेपाल र भारतबीच दुई मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । नेपालको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल भोलिदेखि सुरु हुने भएको हो । दोस्रो खेल आइतबार हुने एन्फाले जनाएको छ ।

नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल हेर्न सरकारले दर्शकलाई अनुमति दिएको छ । एन्फालाई स्वास्थ्य मापदण्ड पालना गरी दर्शकसहित खेल आयोजना गर्न सरकारले अनुमति दिएको छ ।

खेलमा ५१ सय दर्शकलाई अनुमति दिने एन्फाले जनाएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्ने छ ।

टिकट अनलाइनबाट किन्न सकिनेछ । टिकट मूल्य साँझसम्म टुंगो लाग्ने एन्फाले जनाएको छ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि दुई देशबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

नेपालविरुद्ध खेल्न कठिन

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैँ कठिन हुने बताएका छन् । मैत्रीपूर्ण खेल खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले आफूले खेलेका धेरै खेलाडी नेपालको टिममा नरहेकोसमेत बताएका थिए ।

भारतीय कप्तान क्षेत्रीले नेपालको घरेलु मैदानमा खेल्नुमा निकै फरक पार्ने भएकाले भोलिको खेल कठिन हुने बताए ।

प्रतिक्रिया