सादनीदेखि ‘वल्ड च्याम्पियनसिप’ सम्म

महेन्द्रनगर । एघार वर्षअघि डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका नरेन्द्र चुनारा परिवारसहित व्यापार/व्यवसाय गरेर जीविका चलाउने सपना बोकेर कञ्चनपुरको महेन्द्रनगर झरे ।
दुई छोरा, एक छोरी र श्रीमतीसहित महेन्द्रनगरमा डेरा गरी बसेका नरेन्द्रले अहिले पनि सामान्य व्यापार गरेर जीविका चलाइरहेका छन् । घर छाडेर बसाइँ सरेको दशक नपुग्दै जेठा छोरा सुरेश चुनाराले खेल क्षेत्रमा फड्को मार्दा परिवारमा खुसीको सीमा नै छन् ।
सादनी जोगबुढाको सबैभन्दा विकट गाउँ हो । जहाँ अहिले पनि सडक पूर्वाधारलगायत कुनै पनि सुविधा पुग्न सकेको छैन । “अन्धकार गाउँमा बसेर छोराछोरीको भविष्य कस्तो होला सोचेर महेन्द्रनगर आएको थिए”, नरेन्द्रले भने, “छोरा सुरेश सुदूरपश्चिमबाट पहिलो पटक कुस्तीमा वल्र्ड च्याम्पियनसिप खेल्ने खबर सुन्दा हर्षित छौं ।”
कुस्तीमा आठ वर्षदेखि सक्रिय भएर लागेका २१ वर्षीय सुरेश मुलुकको प्रतिनिधत्व गर्दै आगामी अक्टोबरमा नर्वेमा हुने वल्र्ड च्याम्पियनसिपमा प्रतिस्पर्धीका रुपमा सहभागी हुदैछन् । हाल काठमाडौँको त्रिभुवन आर्मी क्लबमा आवद्ध सुरेशले ७४ किलो तौल समूहमा वल्र्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने बताए ।
“पहिलो चरणमा दुई खेलाडी क्वालिफाइट भएका छौं”, उनले भने, “साग खेलपछि पनि नियमित प्रशिक्षणमा रहेकाले नतिजा राम्रै आउनेमा आशावादी छु ।” मेहनती खेलाडीका रुपमा परिचित सुरेशले १३औंँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा काष्य पदक जितेका थिए ।
उनले कुस्तीमा ३४ वर्षपछि नेपाल वल्र्ड च्याम्पियनसिपमा सहभागी हुन थालेको बताए । “अरु देशका खेलाडी पनि हामी जस्तै हुन्, उनीहरुको प्रशिक्षणस्तरीय होला आफ्नो ठाउँमा छ”, उनले भने, “हामीले पनि आफूलाई कहिल्यै कमजोर सोच्नु हुन्न ।”
आफ्नो उमेर समूहमा राष्ट्रियस्तरका प्रतियोगितामा चार स्वर्ण जितिसकेका सुरेशले खेल जगतबाटै नाम र दाम कमाउन सकिने बताए । “बुबाले महेन्द्रनगरमा डेरा गरी जीविका चलाउने गरेकाले परिश्रमलाई खेर जान नदिने अठोटका साथ खेल क्षेत्र रोजेको हुँ”, उनले भने, “अझ बाह्य प्रशिक्षण भए अन्तर्राष्ट्रियस्तरबाट पदक ल्याउन कुनै ठूलो कुरा छैन ।
स्कुल पढ्दादेखि नै यहाँस्थित कवर्डहलमा कुस्ती खेल्न थालेका उनी खेल प्रदर्शनले नै आर्मी क्लबमा आवद्ध भएका हुन् । सुरेशसँगै उनीकी बहिनी शिवानी पनि तेक्वान्दो खेलकी जुनियरतर्फकी खेलाडी हुन् । “क्लबमा आवद्ध भएर मैले पनि सेनालाई खेलेर राष्ट्रियमा स्वर्ण र सागमा काष्य पदक दिए”, उनले भने “खेलाडी उत्पादन गाउँमुखी हुनुपर्छ ।” उनले दीर्घकालीन योजना बनाएर खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने खालका प्याकेज ल्याउनुपर्ने बताए ।
“एक महिना बन्द प्रशिक्षणका भरमा खेलाडीबाट पदकको आश गर्नु बेठिक कुरो हो”, उनले भने, “खेल क्षेत्रमा लागेकाको दैनिकी चल्ने रोजगारीको पनि ग्यारेन्टी भए यो क्षेत्र झन् फष्टाउने थियो ।” केही वर्षयता मुलुकमै अब्बल देखिएको कञ्चनपुरका कुस्ती खेलाडी राष्ट्रियस्तरमा आफ्नो वर्चश्व जमाउन थालेका छन् । साग खेलकूद प्रतियोगितामा ऐतिहासिक स्वर्ण पदक दिलाउने खेलाडी संगीता धामी पनि कञ्चनपुरकै हुन् । रासस
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया