सुवेदी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघकाे कानुनी सल्लाहकारमा नियुक्त

लण्डन । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहेका डा. सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कानुनी सल्लाहकारमा नियुक्त गरेको छ ।
सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब १६० देशमा आफ्नो उपस्थिति जनाएको छ । यस संस्थामा २११ देश सरकारी तवरबाटै सदस्य बनेका छन् भने सरकारी गैरसरकारी गरेर एक हजार ४०० भन्दा बढी संस्था सदस्य रहेका छन् ।
यसको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ । विश्व सम्मेलनका लागि आवश्यक कानूनी सल्लाह दिने गरी नियुक्त गरिएको र यस पटक सेप्टेम्बर ३ देखि ११ सम्म बेलायतको इडम्बरा शहरमा सम्मेलन हुन लागेको संस्थाले जनाएको छ ।
अक्सफोर्ड विश्वविद्यालयबाट विद्याविरिधि गरेका सुवेदीले बेलायतमा परराष्ट्रमन्त्रीका सल्लाहकार र कम्बोडियामा मानव अधिकार प्रतिनिधिका रुपमा काम गरीसकेका छन् ।
बेलायती महारानीबाट ओबिई प्राप्त गर्नुभएका सुवेदी अन्तर्राष्ट्रिय कानुनका विज्ञका रुपमा बेलायतमा परिचित छन् । वातावरणका १५ वटा विविध क्षेत्रमा काम गरिरहेको यस संस्थाको नेपालमा समेत कार्यालय रहेको छ ।










आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
प्रतिक्रिया