कांग्रेसको भोलिबाट वडा अधिवेशन,रौतहटमा अझै मिलेन क्रियाशील सदस्यता विवाद

काठमाडौं । नेपाली कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार भोलीबाट हुदै छ । तर रौतहटको निर्वाचन क्षेत्र नम्बर १ भित्रका वडाको क्रियाशील सदस्यतामा देखिएका विवाद अझै टुङगिएको छैन् ।
वडादेखि सिफारिस गरेर पठाएका करिब तीन सय जना नेतारकार्यकर्ताको नाम क्रियाशील सदस्यताको सूचीमा नपरेपछि जिल्ला सभापति कृष्णप्रसाद यादवसहितले बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गरेका छन् ।
सभापति यादव भन्छन् “रौतहटमा विधि विधानअनुसार वडाबाटै सिफारिस गरेकाहरूको नाम पनि क्रियाशीलको सूचीमा नरहेको हुदाँ आज पार्टी सभापतिलाई ध्यानाकर्षण गराएको हो ।”
सभापतिज्युले एक दुई दिनमै समस्या समाधान हुने बताउँनु भएको यादवले मेरोन्युजसँग बताए ।
कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्ने भनेको छ। तर रौतहटसहित २१ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक अझै भएको छैन।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया