बुधबार, फागुन ६, २०८२

संवैधानिक नियुक्ति सम्बन्धि सुनुवाई स्थगित गर्न आदेश

मेरोन्यूज २०७८ भदौ १७ गते १७:३४

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिसम्बन्धी भोलि (शुक्रबार) हुने भनिएको सुनुवाइ स्थगित गर्न आदेश दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार न्यायाधीश हरि फुयालको एकल इजलासले सर्वोच्च अदालतले संवैधानिक परिषद्ले गरेका नियुक्तिसम्बन्धी भोलि (शुक्रबार) हुने भनिएको सुनुवाइ स्थगित गर्न आदेश दिएको हो ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न सर्वोच्च अदालतले भनेको छ ।

भदौ १८ गते शुक्रबारका लागि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गठन हुने इजलासले ती मुद्दाको सुनुवाइ गर्ने तयारी थियो ।

बुधबार अधिवक्ता गणेश रेग्मीले सर्वोच्च अदालतमा रिट दर्ता गराइ प्रधानन्यायाधीशलाई संविधानले नै संवैधानिक इजलासको नेतृत्वमा अनिवार्य गरेका कारण उनको अनुपस्थितिमा मुद्दाको सुनुवाइ गर्न नमिल्ने माग गरेका थिए ।

यस्ताे छ, फैसला

प्रतिक्रिया