प्रदेश २ मा नेपाल पक्षका दुई सांसद एमालेमा फर्किए, १० जनाको मात्रै सनाखत
मेरोन्यूज
२०७८ भदौ १७ गते १८:५३

काठमाडौं । नेकपा एमालेमा रहेर माधव नेपाल पक्षमा देखिएका प्रदेश २ का दुई सांसद एमालेमै फर्किएका छन् । प्रदेश २ का सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले नेपालको साथ छाडेर एमालेमै फर्किएका हुन् ।
निर्वाचन आयोगले एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीमा रहेकाहरुलाई सनाखत गर्न आह्वान गरे पनि दुई सांसदले पुनः एमालेमै रहने भएका हुन् ।
सनाखतका लागि निर्वाचन आयोगको गरेको आह्वानअनुसार प्रदेश २ बाट एकीकृत समाजवादीमा १० जनाको सनाखत भएको छ । माधव नेपाल नेतृत्वको समाजवादीले प्रदेश २ मा आफ्नो १३ सांसद रहेको दाबी गर्दै आएको थियो ।
एमाले सांसद डिल्लीप्रसाद उप्रेती उपचारका लागि भारत गएका कारण सनाखतका लागि उपस्थित हुन नसकेको एकीकृत समाजवादीले जनाएको छ ।
सम्बन्धित

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया