देउवाले दिए महेश बस्नेतलाई भक्तपुरका पार्टी सभापतिमाथि विजयी हुन चुनौती

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेस बलियो हुने बताएका छन् । आजदेखि सुरू भएको पार्टीको महाधिवेशनअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
यस्तै, उनले केही दिनपहिले एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेकोप्रति लक्षित गर्दै जिल्लाका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिए । यही महिनाको पहिलो साता नेता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै जित्ने बताएका थिए ।
बस्नेतकै निर्वाचन क्षेत्रमा कांग्रेसको वडा अधिवेशन उद्घाटन गर्दै देउवाले कांग्रेस सशक्त ढंगले अघि बढेको बताउँदै भने, ‘बस्नेत जीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’
प्रधानमन्त्री देउवाले सूर्यविनायक नगरपालिका ५ सहित मध्यपुर ठिमी नगपालिका ४ मा समेत वडा अधिवेशनको अवलोकन गरेका थिए ।

















भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
काठमाडौँमा प्रदूषण बढ्यो
मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी
राज्यका नीतिनिर्माण तहमा महिलालाई समावेश गर्न आवश्यक छः प्रधानमन्त्री कार्की
सोलुखुम्बुमा कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया