मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने
मेरोन्यूज
२०७८ भदौ १८ गते १४:४८

काठमाडौं । कोरोना संक्रमणका कारण देशैभरीका मठमन्दिरहरुमा नियमित पूजापाठबाहेक पूजा आरधना गर्न सर्वसाधारणलाई रोक लगाइएपछि बन्द रहेको मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने भएको छ ।
स्वास्थ्य मापदण्ड अपनाएर मठमन्दिरहरु पनि खुला गर्न छुट दिएपछि मनकामना केबल कार पनि भदौ २० गतेदेखि पुनः सञ्चालन गर्न लागिएको हो ।
केवलकार सञ्चालन भएसँगै सर्वसाधारणको भीँड बढ्न सक्ने भएकाले कम्पनीले अनलाइनबाट टिकट खरिद गर्ने भएको छ ।
ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल प्रविधिबाट टिकट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि मनकामना केवल कार बन्द गरिएको थियो ।
सम्बन्धित

















फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विद्यार्थीसँग एमाले अध्यक्ष ओली
प्रतिक्रिया