गगनले भने– मैले समूह परिवर्तन गरेको छैन, देउवालाई बीपी बन्ने अवसर छ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले समूह परिवर्तन नगरेको बताएका छन् । थापाले पार्टीको १४औँ महाधिवेशनमा आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई एउटै समूहमा उभ्याउन चाहेको बताए ।
१३ औँ महाधिवेशनपछिको साढे ३ वर्षदेखि रामचन्द्र दाइ र कृष्ण दाइहरुलाई राष्ट्रिय र राजनीतिको अडान लिने कुवामा वा निर्णयका सन्दर्भमा पार्टीभित्रको आन्तरिक अडानका विषयमा एकै ठाउँमा रहेर काम गरेको थापाले बताए ।
“मैले समूह परिवर्तन गरेको होइन्, एउटा समुह बनाउने कोशिस गरेको हुँ’, उनले भने ।
‘मैले यो सहकार्यको वातावरण विगतदेखि नै होस् भन्ने सोचेर अघि बढ्दै आएको हुँ,’ थापाले भने, ‘वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला मात्रै होइन, कृष्ण दाइलाई पनि एउटै टिममा राख्ने प्रयास गरेको हो ।’
रामचन्द्र पौडेल र कृष्ण सिटौला एकदमै नजिक भएर काम गरेको थापाले थापाले स्मरण गरे । अधिबेशनमा पनि एकै स्थानमा रहेर अघि बढेको हेर्न आफूले चाहेको थापाले स्पष्ष्ट गरे । आफ्नो चाहना पूरा हुने उनको विश्वास छ ।
अहिले प्रधानमन्त्रीले पार्टीको महाधिवेशनका कारण मन्त्रिपरिषद् विस्तार गर्न नभ्याएको भन्दै थापाले पार्टीको अधिवेशनबाट निर्वाचित भएर आएका सभापतिले पार्टीलाई ध्यान दिने कि सरकार चलाउने भनी प्रश्न गरेका थिए ।
अहिले पार्टी सभापतिमा प्रतिस्पर्धा नगर्न पनि थापाले सुझाब दिए । “बीपी कोइरालाको १७ देखि १८ महिनाको सरकार थियो,’, थापाले भने,–‘अहिलेको पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई १७ महिना पाउनु भएको छ यो उहाँलाई बीपी बन्ने अवसर पनि हो ।”
आफूलाई महामन्त्रीको टिकट अरुले दिने नभई आफैले लिएको पनि दाबी गरे । “पार्टीका सभापति राख्ने नेताहरुको मलाई महामन्त्री बनाउने प्रस्ताव छ । पार्टीका क्रियाशील साथीहरुसँग भेटघाट गरिरहेको छु । उहाँहरुले पनि मलाई महामन्त्रीमा देख्ने चहना छ,”उनले भने ।
विहीबार पार्टी कार्यायल सानेपामा थापा पौडेल पक्षको पत्रकार सम्मेलनमा उपस्थित भए पनि सिटौला समूहका अन्य नेताहरु अनुपस्थित रहेका थिए ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

















निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
तरकारिकाे मूल्य: गोलभेँडा प्रतिकिलो रु ३०,काउली प्रतिकिलो रु ३०
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया