प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्री मण्डल विस्तारबारे छलफल
मेरोन्यूज
२०७८ भदौ १९ गते ११:०२

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेट वार्ता भएको छ । दुई शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेट वार्ता भएको हो ।
भेटमा मन्त्री मण्डल चाँडोभन्दा चाँडो विस्तार गर्ने विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
सत्ता साझेदारीमा नयाँ सरकार बनेको लामो समयसम्म मन्त्री मण्डल विस्तार हुन नसकेको अवस्थामा दुई नेताबीच भेट वार्ता भएको हो । हिजो शुक्रबार पनि सत्ता गठबन्धनका तीन नेताहरूबीच वार्ता भएको थियो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा बनेको नयाँ सरकारमा मन्त्री मण्डल विस्तार हुन नसक्दा शीर्ष नेताहरूबीच भेट वार्ता तीव्र हुँदै आएको छ ।
सम्बन्धित

















टी-२० विश्वकपमा आज नेपालको अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
टी-२० विश्वकपमा भएका रोचक समीकरण,अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह
महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
Driver killed after car falls into Phewa Lake
प्रतिक्रिया