झण्डै ७५ लाख रुपैयाँको औषधिले भरिएको गाडी बरामद
मेरोन्यूज
२०७८ भदौ १९ गते १५:५३
काठमाडौँ । सिरहाको लहान नगरपालिका १९ कटहा चोकबाट प्रहरीले करिब ७५ लाख रुपैयाँ बराबरको औषधि भरिएको अटो गाडी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीलाई देखेसँगै अटोलाई छाडेर चालक भागेका थिए । लु १ स ८००७ नम्बरको अटोमा जाँच गर्दा औषधि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रिकल केटु–सेभेन १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट औषधि ५ कार्टुन बरामद भएको छ । उक्त औषधिको मूल्य करिब ७५ लाख ५६ हजार ८ सय रुपैयाँ हुने गर्दछ ।
भारतीय बजारबाट भन्सार छलेर ल्याएको उक्त औषधीहरु र अटो विहान करिब २ बजे बरामद गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित









आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया