आइतबार, पुष ६, २०८२

देशभर १ हजार २६८ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु

मेरोन्यूज २०७८ भदौ १९ गते १६:३४

काठमाडौं । नेपालमा थप १ हजार २६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार २६८ जनामा संक्रमण देखिएको हो ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार २४ र ४ हजार ३१२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टी भई पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा विभिन्न अस्पतालबाट २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडाैं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ३८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ ।

काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार शनिबार काठमाडौं जिल्लामा २८९ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया