कांग्रेसको १४औं महाधिवेशन
झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व

झापा । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
पार्टीका जिल्ला प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार १३१ वटा वडामध्ये ५५ वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् ।
जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । मेचीनगर वडा नं. १० बाट उनीसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको प्रचार प्रमुख हुमागाईले बताए । नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति छन् ।
मेचीनगरका ८ , बुद्धशान्तिका ४ , विर्तामोडका ६, अर्जुनधाराका ५, कनकाईका ४ , झापा गाउँपालिकाका ७ , शिवसतासीको ३ , कमलको १, गौरादहको २ , गौरीगञ्जका २ , भद्रपुरका ३ , बाह्रदशीका ४ वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो ।
क्षेत्र नं–१ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए ।









पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया