वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज विहानबाट देशभर पाँच प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्णतया वदली रहेको छ । जल तथा मौसम विज्ञानका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।









चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया