बिहीबार, माघ १, २०८२

१० दिनभित्र चीनबाट ४४ लाख डोज खोप ल्याईदै

मेरोन्यूज २०७८ भदौ २१ गते ७:१६

काठमाडौं । सरकारले ७ देखि १० दिनभित्रमा चीन सरकारसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप ल्याउँनेभएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आजबाट हुने विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनको जानकारी दिँदै थप ४४ लाख डोज खोपको भुक्तानी भइसकेको र हप्तादेखि १० दिनभित्र आइपुग्ने बताए ।
उनले आउँदो दसैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने योजना रहेको पनि बताए । १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया