आइतबार, मंसिर ७, २०८२

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलन काठमाडौँमा सुरु

मेरोन्यूज २०७८ भदौ २१ गते १२:२९
फाइल फोटो

काठमाडौँ । नेपालको आयोजनामा ११ वर्षपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण पूर्वी एसियाको सम्मेलन शुरु भएको छ । काठमाडौँमा सुरु भएको सम्मेलन भदौँ २१ देखि २५ गतेसम्म चल्ने छ ।

क्षेत्रीय समितिमा दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरू रहेका छन् । पछिल्लोपटक सन् २००९ मा नेपालले यस क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको थियो ।

७४ औँ सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका वरिष्ठ स्वास्थ्य अधिकारीलगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरू, विकास साझेदारहरू, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहने छ ।

सम्मेलनबारे स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्यको आपत्कालीन सुदृढीकरण, नसर्ने रोगको नियन्त्रण, कोरोना भाइरसविरुद्ध खोपको वितरण, एचआइभी, हेपाटाइटिस तथा यौन रोगको उन्मुलनबारे छलफल हुने जानकारी दिए ।

प्रतिक्रिया