गभर्नर अधिकारीको राजीनामा माग

काठमाडौं । पुँजी बजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेको छ । शेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुको समुहले गभर्नरको राजीनामा माग गरेका हुन् ।
लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ । समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका माग राखेको छ ।
लगानीकर्ताहरुले पुँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै गर्भनर अधिकारीलाई हटाउनुपर्ने बताएका छन् । विज्ञप्तिमा उनीहरुले वित्तिय संस्थाले गर्भनर अधिकारीले शेयर कारोबारमा ५० कित्ताभन्दा कम आइपियो दिन नसकिने बुँदुमा परिवर्तन गरी साना लगानीकर्तालाई स्थान दिनुपर्नेमा जोड दिएका छन् ।
शेयर बजारमा सेलिङ प्रेसर बढेसँगै लगानीकर्ता प्रदर्शनमा उत्रिएका हुन् । लगानीकर्ताहरु विज्ञप्ति गर्भनर अधिकारीलाई बुझाउन सोमबार बालुवाटार पुगेका छन् ।

















थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विद्यार्थीसँग एमाले अध्यक्ष ओली
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
प्रतिक्रिया