सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन पाउँदैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन नमिल्ने बताएका छन् ।
आज नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लगाउन खोजे को होकि भनेर नागरिक स्थरमा आलोचना सुरुभएको बताएका हुन् ।
स्वतन्त्रताको ओकालत गर्ने पार्टी कांग्रेस भएकाले यस्ता बिषयमन सरकारले गमका साथ सोचेर मात्रै कदम चाल्नु पर्ने बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृहमन्त्रालयले आईतबार निकालेको विज्ञप्ती प्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चीनु पर्ने बताए । गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपतिजनक भएको उनको भनाई छ ।
‘सरकारले जनताको दुखमा साथ दिनु पर्दछ । सधै जनाताको पक्षमा हुनुपर्दछ ।’ उनले भने ‘गृहमन्त्रालय बाट बोल्नै नपाउने गरी विज्ञप्ती निकाल्नु आपत्ति जनक छ । यसमा सरकार सच्चीनु पर्दछ ।’
राष्ट्र संकटमा पर्दा जहिले पनि नेपाली कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै उनले देश र लोकतन्त्रका लागी कांग्रेस मजबुत हुनु पर्ने धारण व्यक्त गरे । नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरेपनि नतिजा राम्रो नआउँने नेता सिंहले बताए ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आज २६३औँ सेना दिवस मनाइँदै
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
प्रतिक्रिया