महेश बस्नेत भन्छन् –२३ गते सदनमा प्रतिपक्षले देखाउँछ
मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धन फुट्ने दाबी

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले भदौ २३ गतेको संसद बैठकमा प्रमुख प्रतिपक्ष पार्टी कस्तो हुन्छ भन्ने देखिने बताएका छन् । प्रतिपक्ष कहाँ छ भनेर सञ्चारमाध्यमले खोजिरहे पनि २३ गते सदनमा देखिने वस्नेतले बताएका हुन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा युवा संघको कार्यक्रमलाई सम्वोधन गदैं वस्नेतले प्रतिपक्षसँग भागिरहेका सभामुखसम्मले पनि संसदमै प्रतिपक्षलाई प्रत्यक्ष भेटने बताए ।
सभामुख माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मामुली कार्यकर्ता मात्र बनिरहेको र त्यही कार्यकर्ताको कारणले एमालेको निर्णयलाई अस्वीकार गरेको वस्नेतले आरोप लगाए ।
उनले भने– २३ गते तपाईसँग हाम्रो प्रत्यक्ष भेटघाट हुनेछ । त्यो दिन सदनमा प्रमुख प्रतिपक्ष देख्नुहुनेछ ।
संसद २३ गते आह्वान भएको छ । त्यसदिन एमालेले आफनो पार्टी फुटाउन सरकारले ल्याएको अध्यादेश प्रकरण, माधव नेपालमाथी पार्टीले गरेको कारवाही अनुसार पदमुक्त गर्न नमानेको सभामुख प्रकरण लगायतका कारण त्यस दिनको संसदमा एमालेले चर्काे विरोध गर्ने सम्भावना औल्याइरहेका बेला वस्नेतले यस्तो बताएका हुन् ।
मन्त्रिपरिषद् विस्तार गर्दा काग्रेस माओवादी फुट्ने
बस्नेतले देउवाले काग्रेस र माओवादी केन्द्र अहिलेको अध्यादेश जारी राखेरै मन्त्रिपरिषद् विस्तार गर्दा फुट्ने डर देखेपछि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको बताए ।
परमादेश नवनी प्रधानमन्त्री बन्न नसक्ने शेरवहादुर देउवाले अध्यादेश ल्याएर सरकार टिकाउन खोजेपनि मन्त्रिपरिषद् विस्तार गर्न अध्यादेश निष्किय नबनाई नसक्ने अवस्थामा पुगेको बताए ।
‘परमादेशबाट बनेको सरकार हाम्रो सरकारलाई चुनँैति दिन सक्दैनन । जुन दिन मन्त्रिपरिषद गठन गर्छन, त्यसैदिन माओवादी फुटदैछ, कांग्रेस फुटदैछ त्यही भएर आफैले ल्याएको अध्यादेश निष्किय बनाइदैछ ।’ बस्नेतले भने ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आज २६३औँ सेना दिवस मनाइँदै
प्रतिक्रिया