बुधबार, फागुन ६, २०८२

शर्माको सम्मानमा ‘जीवन शर्मा एकल साँझ’ आयोजना गर्ने

मेरोन्यूज २०७८ भदौ २१ गते १६:२७

काठमाडौँ । नेकपा एमालेले जनवादी गायक जीवन शर्मा साँझ आयोजना गर्ने भएको छ । जीवनभर प्रगतिशील गीत संगितमा जीवन गुजारेका शर्माको सम्मानमा एमालेले एकल साँझ आयोजना गर्ने घोषणा गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्माको सम्मानमा एमालेले ‘जीवन शर्मा साँझ’ आयोजना गर्ने बताएका हुन् । एमालेको युवा संगठन राष्ट्रिय युवा संगठनको आयोजनामा काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रममा ओलीले शर्माको सम्मानमा ‘जीवन शर्मा साँझ’ आयोजना गर्ने घोषणा गरेका हुन् ।

युवा संघले शर्मालाई सम्मान गर्न मञ्चमा बोलाएको थियो । शर्माले त्यहाँ गीत गाउँदा दर्शक दीर्घाबाट पुन: गीत गाउन आग्रह गरिरहँदा ओलीले माइक लिदै शर्माको सम्मानमा एकल साँझ आयोजना गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया