बा

जिम्मेवारीले थिचिएका काँधहरुमा
कलिला सपनाका डोरी बाटेर
तिमीले उठाएका जोखिमहरु
पालुवा बनी टुसाए कि टुसाएनन् कुन्नी
पर क्षितिज देखाउँदै उभ्याएका मेरा पाइतालाले
आफ्नो गोरोटो नसोझाउँदै
उकाल्थ्यौ आफ्नै काँधमा
अनि तिम्रो बुई चढेर
दुर दराजलाई साना नयनले नियाल्दाको खुसी
बा तिमी आफ्नो पोल्टामा परेको हिराभन्दा
बढी जतनले हुर्काउथ्यौ कलिलो ललाटमा
कर्मका कोकील कोशेली
अनि फुर्फुर बन्दै भन्थ्यौ रे
मेरो छोरी हजारौँमा एक
तिम्रा उत्प्रेरणा र उर्जाको खानीमा
हुर्किएर बामे सर्दै गरेका
मेरा इच्छा र चाहानाका पहाड थुप्रिदै जाँदा पनि
पुर्याइ दिन्थ्यौ सहजै
ती मेरा सुनौला दिनको सम्झनामा
सोच्दैछु बा
साँच्चै,
तिमीले दुःखका पहाड फोडेरै
सन्तान सुखको समुन्द्रमा पौडिँदा
कोरिएका भविष्यका स्वप्निल खाका
पाखा लाग्दै-लाग्दै बगेका आफ्ना चाहना
सन्तानको भविष्यको नाममा
सहर्ष स्वीकारिएका ती वात्शल्यका पोका
पानीका फोका झै बन्दा पनि
भाका नाघेका कपाली तमसुक
मदुसमा थन्काएर
आफ्नो ज्यानभन्दा ठूलो भारी
बिसाउने ठाउँ
उमेरले शताब्दी बिताउन लाग्दा पनि नभेटिँदा
खोइ के बगिरहँदो हो तिम्रो मनको गंगामा
बा !
हमेशा मलाई उज्यालो देख्न चाहने तिम्रा नयनमा
त्यस्तै प्रकाश म छर्न सक्दिन कि भन्ने भयले
छटपटिँदा पोखिन्छन् भावनाका छालहरू
अनि भरिन्छन आँशुले आहालहरू ।।
कुशे औँसीको अवसरमा समस्त बुबाहरुप्रति सर्मपित ।
















चितवनमा रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान
नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित
बजाजको क्यूआर क्याम्पेन: एक स्क्यानमै चम्किनेछ भाग्य
RSP Vice Chair Aryal files nomination paper for HoR speaker
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया