एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दल रोज्ने समय आज सकिँदै
मेरोन्यूज
२०७८ भदौ २२ गते ९:३३

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी रोज्ने समय सीमा आज सकिँदै छ । नेकपा एमाले र जनता समाजवादी पार्टी छाड्ने प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले आज एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी रोजी सक्नु पर्ने छ ।
राजनीतिक दल विभाजन सम्बन्धी दोस्रो संशोधित अध्यादेश अनुसार निर्वाचन आयोगले जनप्रतिनिधिलाई नयाँ दलमा सनाखत गर्न २१ दिनको समय दिएको थियो । एमालेबाट विभाजन भएर माधव कुमार नेपालले एकीकृत समाजवादी दल र जसपालाई विभाजन गरेर महन्थ ठाकुरले लोकतान्त्रीक समाजवादी दल दर्ता गर्न साउन २ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
उक्त निवेदनको आधारमा आयोगले साउन ९ गते दुबै पार्टीलाई नयाँ दलको मान्यता दिएको थियो । यो बीचमा नयाँ दल रोजेका जनप्रतिनिधिको पद यथावत रहनेछ ।
सम्बन्धित

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रतिक्रिया