शनिबार, वैशाख २७, २०८२

वाइसिएलको केन्द्रीय समिति बैठकमार्फत संयोजक र सहसंयोजक चयन हुँदै

मेरोन्यूज २०७८ भदौ २२ गते ११:१७

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट भातृ युवा संगठन वाइसिएलको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक बस्ने भएको छ । आज दिउँसो ११ बजेदेखि बैठक बस्ने भएको हो ।

नेतृत्वमा दाबी गरेकाहरूका बीच सहमति जुट्न नसक्दा पदाधिकारीविहीन केन्द्रीय समितिको बैठक बस्ने भएको हो । स्रोतका अनुसार आजको बैठकले संयोजक र सह संयोजक तोक्ने भएको छ । संयोजकमा सुमन देवकोटा र सह संयोजक सुवोध सेर्पाली चयन हुने भएको छ ।

२३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरेको वाइसिएलले १० प्रतिशत मनोनित सदस्यसमेत टुंग्याउन सकेको छैन ।

प्रतिक्रिया